खुल्यो नयाँ मुख्यसचिव नियुक्तिको बाटो

जनपत्र
११ असार २०८१, सोमबार १३:१०

काठमाडौं । सरकारले सोमबार मन्त्रिपरिषदको निर्णयबाट नयाँ मुख्यसचिव नियुक्तिको बाटो खोलेको छ । यसका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएपछि निलम्बित मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी उक्त पदमा सरुवा गर्ने निर्णय भएको छ ।

योसँगै हाल प्रधानमन्त्री कार्यालयमा कानुन मामिला हेर्ने सचिव लीलादेवी गड्तौलाले वरीष्ठताका आधारमा स्वतः निमित्त मुख्यसचिवको जिम्मेवारी पाएकी छिन् भने सरकारलाई तत्कालै नयाँ मुख्यसचिव नियुक्त गर्न परेको अड्चन पनि खुलेको छ ।

सरकारले अनुकलका मुख्यसचिव ल्याउने वातावरण नबन्दासम्म केही समय कायममुकायम मुख्यसचिव नियुक्त गरेर राख्ने सम्भावना पनि रहेको प्रधानमन्त्री कार्यालय निकट स्रोत बताउँछ ।

अर्याल मुद्दा जितेर फर्किने सम्भावना समेत हुने भएकाले तत्काल नयाँ मुख्यसचिव नियुक्त गर्नकै लागि सरकारले डा. अर्याललाई अतिरिक्त पद नै सिर्जना गरेर व्यवस्थापन गरेको हो । अर्यालले भ्रष्टाचार मुद्दामा सफाइ पाएपनि प्रधानमन्त्री कार्यालयमा फर्किएर काम गर्न पाउने छैनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*