म्याद गुज्रेका चाउचाउबाट गज्जबको घर !

जनपत्र
८ आश्विन २०७६, बुधबार ०५:४५

हामी सबैले चाउचाउ खानका लागि प्रयोग गर्दछौँ । तर चीनमा एकजना मान्छेले चाउचाउलाई खान होइन, निकै फरक ढंगमा प्रयोग गरेका छन् । ती व्यक्तिले चाउचाउबाट घर बनाएका छन् । आफ्नो जन्मिन लागेको बच्चाका लागि उपहार दिन उनले चाउचाउबाट घर बनाएका हुन् ।
झांग नामका ती व्यक्तिले बनाएको त्यो अनौठो घरको तस्वीर सोसल मिडियामा चर्चित बनेको छ । झांगले मिति गुज्रिसकेका २ हजार पोका चाउचाउबाट उक्त घर बनाएका हुन् । ती चाउचाउलाई उनले इँटाको रुपमा प्रयोग गरेका हुन् । चार वर्गमिटर क्षेत्रमा फैलिएको उक्त घरभित्र एउटा ओछ्यान छ । उक्त बेडमा एउटा वयस्क मानिस सुत्न मिल्दछ । घरमा विजुली बत्ती पनि जडान गरिएको छ । घरमा ढोका पनि हालिएको छ । झांगका एकजना साथी चाउचाउका होलसेल बिक्रेता हुन् । उनीसँग ठूलो परिमाणमा म्याद गुज्रेका चाउचाउ रहेको झांगले जानकारी पाए । म्याद गुुज्रेका चाउचाउहरु नष्ट गर्ने तयारीमा उनी थिए । तर झांगले ती चाउचाउ नष्ट नगर्न र आफूलाई दिन आग्रह गरे । साथीको आग्रहलाई ती चाउचाउ व्यापारीले इन्कार गर्न सकेनन् । फलस्वरुप झांगले चाउचाउको घर बनाउन सफल भए ।

झांगले बनाएको उक्त घरका बारेमा सोसल मिडियामा कतिपय मानिसले सह्राना गरेका छन् भने केहीले आलोचना पनि गरेका छन् । कोही अन्जान बच्चाले यदि भुलबस ती म्याद गुज्रिएका चाउचाउ खाएमा के गर्ने रु त्यस्ता खराब चिजहरुको प्रयोग गरेर घर बनाउन नहुने राय व्यक्त गरेका छन् ।

–द सनबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*