बाग्मतीमा सत्तापक्ष र विपक्षी दलबीच ५ बुँदे सहमति, बजेटमा असन्तुष्टि व्यक्त गर्दै रोष्ट्रममै मौनधारण

जनपत्र
८ असार २०८१, शुक्रबार १९:४५

हेटौंडा । बाग्मती प्रदेशमा सत्तापक्ष र विपक्षी दलबीच पाँच बुँदे सहमति भएको छ । सहमतिसँगै प्रदेश सभाको अवरोध हटेको छ ।

नेपाली कांग्रेससहित विपक्षी दलहरूले बजेटप्रति असन्तुष्टि जनाउँदै प्रदेश सभा बैठकमा निरन्तर अवरोध गरेपछि आज सरकार र असन्तुष्ट विपक्षी दलबीच पाँच बुँदे सहमति भएको हो । प्रतिपक्ष दलले बजेटमा उठाएको असहमतिलाई सम्बोधन गर्ने, प्राविधिक र कानुनी कार्यविधि मिलाई बजेट सन्तुलित बनाउने, कार्यक्रम विवरणमा समावेश भएका कार्यक्रम शीर्षकमा सिलिङभित्रको अपुग रकम थप गर्नेलगायत सहमति भएको छ ।

सहमति पत्रमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, सांसद कृष्णप्रसाद खनाल, प्रतिपक्षको तर्फबाट बहादुरसिंह लामा तामाङ र उद्धव थापाले हस्ताक्षर गर्नुभएको छ । प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हिजोदेखि अवरोध गर्दै आएका थिए ।

यसैबिच वाग्मती प्रदेशमा राप्रपाका सांसद गिरिबहादुर तामाङले सरकारले सदनमा पेश गरेको आगामी आर्थिक वर्ष २०८१।०८२ ‍को बजेटमा असन्तुष्टि व्यक्त गर्दै सदनमा ५ मिनेट मौनधारण गर्नु भएको छ ।
शुत्रmबार साँझ प्रदेशसभा बैठकमा बजेटमाथिको सामान्य छलफलमा भाग लिने क्रममा रोष्ट्रममा उपस्थित भएका उहाँले नीति तथा कार्यक्रम र बजेट निर्माणको समयमा सांसद निराश हुनुपर्ने अवस्था रहेको बताउनुभभयो ।

बजेट ल्याएपछि मन्त्री सम्पर्कविहीन अवस्थामा रहेको भन्दै सरकारको विरोध गर्नुभयो । ‘म कान नसुन्न र बोल्न नसक्ने अवस्थामा पुगेको छु । त्यसकारण सदनमा मैले बजेटको छलफलमा भाग लिन प्राप्त गरेको ५ मिनेट मौन बस्नेछु’, उहाँले सदनमा भन्नुभभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*