नागढुंगा सुरुङमार्गको ठेक्का हाज्मालाई, ३ वर्षमा बन्ने

जनपत्र
७ आश्विन २०७६, मंगलवार ०६:२३

धादिङको सिस्नेखोलादेखि काठमाडौंको नागढुंगा जोड्ने सुरुङमार्ग निर्माण सम्झौता भएको छ । सडक विभाग अन्तरगतको नागढुंगा सुरुङमार्ग आयोजनाले जापानी कम्पनी हाज्मारआन्दो जेभीसँग ठेक्का सम्झौता गरेको हो । आयोजना प्रमुख श्यामप्रसाद खरेलकाअनुसार तिहारपछि ९नोभेम्बर १०बाट सुरुङमार्ग निर्माणको काम थालिनेछ । काम थालेको साढे ३ वर्ष अर्थात ४२ महिनामा सुरुङमार्ग तयार हुनेछ ।

यो आयोजना करिब १५ अर्ब २५ करोडको लागतमा बन्न लागेको हो । करबाहेक सुरुङमार्ग साढे १३ अर्बमा ठेक्का लागेको हो ।यो सुरुङमार्ग निर्माणमा टनेल बोरिङ मेसिन ९टीबीएम० को प्रयोग भने हुने छैन । विष्फोटक पदार्थ प्रयोग गरेरै सुरुङमार्ग निर्माण गरिने छ । हाजमा नेपालमा राम्रो काम गर्ने इतिहास भएको जापानी कम्पनी हो । काटेश्वर(सूर्यविनायक खण्डलाई ८ लेनमा विस्तार गर्ने काम यही कम्पनीले गरेको थियो । उसले नै बिपी राजमार्गको निर्माण गरेको हो ।

यो सुरुङमार्ग निर्माणका लागि सरकारले यो वर्ष ६ अर्ब २७ करोड विनियोजन गरेको सडक विभागको विकास सहायता महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिए । टेण्डर मूल्यांकन प्रक्रियामा लामो समय अलमल हुँदा यो सुरुङमार्ग निर्माणको काम थाल्न ढिलाइ भएको छ । यो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार भइसकेको छ । सुरुङमार्गको डिजाइन जापान सरकारले गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*