तुलसीपुरमा सयभन्दा बढी सीसी क्यामेरा जडान गरिँदै

जनपत्र
७ आश्विन २०७६, मंगलवार ०६:१६

तुलसीपुर उपमहानगरपालिकामा १०१ ओटा अत्याधुनिक सीसीटीभी क्यामेरा जडान गरिने भएको छ । उपमहानरको सुरक्षा चुनौतीलाई विश्लेषण गरेर सीसीटीभी क्यामेरा जडान हुने स्थल छनोट गर्न लागिएको उपमहानगर प्रमुख घनश्याम पाण्डेयले जानकारी दिए । मानिसको बढी चहलपहल हुने तथा प्रमुख व्यावसायिक क्षेत्रहरमा सीसीटीभी क्यामेरा जडान गरिने उनले बताए ।

नगरका मुख्य क्षेत्रहरू प्रविधिबाटै नियमन गर्ने योजना रहेको पाण्डेयले जानकारी दिए । ‘पहिलो चरणमा बढी बजारका मुख्य व्यावसायिक क्षेत्रमा २० ओटा सीसी क्यामेरा जडान गरिनेछ,’ उनले भने, ‘हामी तुलसीपुर उपमहानगरलाई स्मार्ट शहर बनाउने योजनासहित अघि बढेका छौं । उपमहानरका सबै काममा प्रविधिको अधिकतम प्रयोग गर्नेछौं ।’

उपमहानगरपालिकाले टेन्डर आह्वान गरेर सीसीटीभी क्यामेरा जडानको प्रक्रिया अगाडि बढाइसकेको छ । मुख्य बजारमा सीसीटीभी क्यामेरा जडानपछि आपराधिक गतिविधिमा कमी आउने अपेक्षा प्रमुख प्रशासकीय अधिकृत आनन्द सारूले गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*