सनी देओलको छोराको फिल्म डुब्यो
गएको शुक्रबार बलिउडका तीन फिल्म एकसाथ प्रदर्शन भए, जसमध्ये एक बलिउडका सुपरस्टार सनी देओलका छोरा करणको डेब्यू फिल्म ‘पल पल दिल के पास’ थियो । योसँगै अभिनेता सञ्जय दत्त स्टारर फिल्म ‘प्रस्थानम’ र तेस्रो अभिनेत्री सोनम कपूरको फिल्म ‘द जोया फ्याक्टर’ पनि प्रदर्शनमा आएका थिए । तर, यी तीन फिल्मलाई दर्शकले रिजेक्ट गरेका छन् ।
तीन फिल्मको बक्सअफिस कलेक्सन हेर्ने हो भने उदेकलाग्दो छ । तर, ‘प्रस्थानम’ र ‘द जोया फ्याक्टर’ भन्दा राम्रो कमाई करण देओलको फिल्म ‘पल पल दिल के पास’ ले गरेको छ । ‘प्रस्थानम’ ले तीन दिनमा २ करोड ९५ लाख कमाएको छ भने ‘द जोया फ्याक्टर’ ले २ करोड ३० लाख छापेको छ । करणको फिल्मले ४ करोड ६० लाख कमाएको जानकारी प्राप्त छ ।
‘पल पल दिल के पास’ को ओपनिङ कमाई १ करोड २० लाख थियो । जबकि, ‘प्रस्थानम’ ले ८० लाख र ‘द जोया फ्याक्टर’ ले ७० लाख कमाएका थिए । ‘पल पल दिल के पास’ लाई किरणका पिता सन्नी स्वयंले निर्माण र निर्देशन गरेका हुन् । एक भिडियो ब्लगर सहर सेठी ९सहर बाम्बा० र एक पर्वतारोही करण सेहगल ९करण देओल० को प्रेम कहानीमा फिल्म आधारित छ ।