‘काले दाई’ गीतमा सुरज थापाको स्वर (भिडियो)

गायन रियालिटी सो ‘नेपाल आइडल’ पहिलो सिजनका प्रतिस्पर्धी सुरज थापाको स्वरमा रहेको फिल्म ‘काले दाई’ मा समावेश ‘यो दुनियाँ मेरो लागि’ बोलको गीत सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा पवनवाङ लामाको संगीत भरेका छन् ।
गीतको शब्द ईन्द्र रामजाली र गोविन्द श्रेष्ठले लेखेका हुन् । गीतको भिडियोमा फिल्मका केही चलरअचल दृश्यहरु समावेश गरिएको छ । फूलपातीको अघिल्लो दिन अर्थात् असोज १७ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यो फिल्मले प्रेममा जात घुसेपछि उत्पन्न हुने द्वन्दको कथा वाचन गरेको छ ।
‘काले दाई’ मा इन्द्र रामजाली, शिशिर भण्डारी, अनु पराजुली, सुरेन्द्र केसी, शारदा गिरी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारी, गोबिन्द श्रेष्ठलगायतका कलाकारहरुको अभिनय छ । शिव शर्मा निर्देशित फिल्मको मूलकथा एक कालो वर्णको युवकको जीवनमा आउने उचार(चढावमा केन्द्रित छ ।
नौधारे फिल्म प्रोडक्सन र रामजाली प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा सम्शेर गुरुङ र ईन्द्र रामजालीको लगानी छ । यसमा इन्द्र रामजाली र किशन अर्यालको कथा, पवन गौतमको छायांकन, कुमार महर्जनको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी तथा तारा थापा ‘किम्भे’ को सम्पादन छ ।
गीत हेर्नुहोस् :