मानसीक र शारिरिक रुपमा स्वस्थ भएमा मात्र काम गर्न सकिन्छ–मेयर महत

जनपत्र
६ आश्विन २०७६, सोमबार १७:४०

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले मानसीक र शारिरिक रुपमा आफु स्वस्थ भएमा मात्र सबै काम गर्न सकिने वताउनुभएको छ । प्रदेश ३ को सामाजिक विकास मन्त्रालयको समन्वयमा स्वास्थ्य सेवा विभागको आयोजनामा मानसीक स्वास्थ्य रणनीति विकास तथा नसर्ने रोग र मानसिक स्वास्थ्य सम्वन्धी अभिमुखीकरण कार्यशाला गोष्ठीको आज हेटौंडामा उद्घाटन् गर्दै उहाँले यस्तो कुरा वताउनुभएको हो ।

शारिरिक व्याम गरेमा मानसिक तनाव कम हुने मेयर महतले वताउनुभयो । सबैकुरा पैसा मात्र भएर नहुने वताउँदै उहाँले पैसाले झनै मानसिक तनाव उत्पन्न हुने वताउनुभयो । यस्ता महत्वपूर्ण कार्यक्रमका लागि स्थानीय सरकार बजेट छुट्याउनका लागि तयार रहेको वताउनुभयो ।

प्रदेश स्वास्थ्य निर्देशनालय हेटौंडाका निर्देशक रमेश प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भगवान अर्याल, निर्देशनालयका बद्रीबहादुर खड्का लगायतकाको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*