एप्पलले ल्याउँदै नयाँ एप, अब पासवर्ड सम्झिनु पर्दैन
एप्पलको वार्षिक सम्मेलनको रुपमा रहेको वर्ल्डवाइड डेभलपर्स कन्फ्रेन्स २०२४ सोमबारदेखि सुरु हुँदैछ।
जुन १४ सम्म चल्ने उक्त बहुप्रतिक्षित कार्यक्रममा एप्पलले आफ्ना विभिन्न सफ्टवेयरहरु घोषणा तथा सार्वजनिक गर्ने गरेको छ ।
यसपटकको डेभलपर्स कन्फ्रेन्समा आर्टिफिसियल इन्टेलिजेन्ससँग सम्बन्धित विभिन्न ठूला घोषणाहरू समेत हुने अपेक्षा गरिएको छ ।
साथै यसपटक एप्पलले एउटा नयाँ एप समेत लञ्च गर्ने समाचारहरु समेत सार्वजनिक भइरहेका छन् । उक्त एपको नाम Passwords रहनेछ।






