डेनमार्ककी प्रधानमन्त्री मेतोलाई सडकमै आक्रमण

जनपत्र
२६ जेष्ठ २०८१, शनिबार १२:१८

unn.prixa.net

डेनमार्ककी प्रधानमन्त्री मेतो फ्रेदेरिकसनलाई सार्वजनिक ठाउँ अर्थात् सडकमै आक्रमण भएको छ। डेनमार्कको राजधानी कोपनहेगनको कुलटोरभेटमा गएराति उहाँमाथि कुटपिट भएको हो। प्रधानमन्त्री मेतोलाई कुटपिट गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका बीबीसीले उल्लेख गरेको छ ।

उहाँमाथी आक्रमण र कुटपिट किन भएको हो भन्ने खुल्न सकेको छैन । घटनाबाट स्तब्ध भएको उहाँको कार्यालयले जनाएको छ । प्रधानमन्त्री मेतो युरोपेली संसदको लागि भएको चुनावमा आफ्नो दलको तर्फबाट प्रचारमा व्यस्त हुनुहुन्थ्यो । युरोपेली आयोगका प्रमुख उर्सुला भोन डेर लेयनले यस्तो कार्य घृणित र विश्वास गर्न नसकिने रहेको टिप्पणी गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*