मकवानपुरमा ग्याश बुलेटको ठक्कबरबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु
हेटौंडा । मकवानपुरमा ग्याश बुलेटको ठक्कबरबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।
आज बिहान मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–९ रजैया स्थित पुर्व–पश्चिम सडक खण्डमा चितवनबाट हेटौडा तर्फ आउँदै गरेको ए यस २५ डिसी ०२१२ नम्बरको खालि ग्यास बुलेटले हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ग ७ प २३०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा एक जना महिलाको मृत्यु भएको हो ।
खालि ग्यास बुलेट गाडिले बिपरित दिशा तर्फ बाट आउदै गरेको मोटरसाइकललाई ठक्कर दिई दुर्घटना भएको र महिलाको हेटौंडाको चुरेहिल अस्पतालमा उपचारका क्रमम मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।
घटनामा मोटरसाइकल चालक कास्की घर भएका ३१ वर्षीय सुवास गुरुङ र मोटरसाइकलमा सवार सोही स्थान बस्ने ३३ वर्षीय निर्मला अधिकारी घाइते भएकोमा निज निर्मलाको उपचारको क्रममा हेटौंडा स्थित चुरिहिल अस्पतालमा ज्यान गएको जनाइएको छ।






