कर्मचारी र जनप्रतिनिधले कार्यालय समयमा सामाजिक संजाल चलाउन नपाउने

जनपत्र
५ आश्विन २०७६, आईतवार १७:१०

हेटौंडा– जिल्ला समन्वय समिति मकवानपुरको ५० औं बोर्ड बैठक आईतबार बसेको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा जिससको ५० औं बोर्ड बैठक बसेको हो ।

आज बसेको बैठकले दुईवटा निर्णय गरेको छ । बैठकले कार्यालय समयमा सामाजिक संजाल चलाउन नपाउने तथा आउँदै गरेको चाडपर्वका अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने निर्णय गरेको छ । बैठकले कर्मचारी तथा निर्वाचित जनप्रतिनिधले कार्यालय समयमा सामाजिक संजालको चलाउन नपाउने निर्णय गरेको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख खुलालले बताउनुभयो ।

कार्यालय समयमा मोवाईल चलाउँदा कार्यालय संचालनमा समस्या आउने देखेर यस्तो निर्णग गरिएको उहाँले जानकारी दिनुभयो । कार्यालय समयमा सामाजिक संजाल नचलाउन तथा अन्य कार्यालयको व्यवस्थापनमा सबै मिलेर काम गर्न समेत उहाँले निर्देशन दिनुभएको छ ।

त्यस्तै आजकै बैठकले आउँदै गरेको बडा दशै, तिहार, छठलगायतका पर्वका अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने निर्णय समेत गरेको छ । विभिन्न चाडपर्वका अवसरमा आउँदो असोज १४ गते शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभएको छ । बैठकमा उपप्रमुख भगवती पुडासैनी, समन्वय अधिकारी कपिल प्रसाद उपाध्यायलगयात जिसस सदस्य एवम् कर्मचारीहरुको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*