कांग्रेसको जागरण अभियान निजगढमा भव्य

 नवराज चाैलागाई
५ आश्विन २०७६, आईतवार १६:५३

निजगढ । नेपालि कांग्रेसको जारि दोश्रो चरणको राष्ट्रिय जागरण अभियान अन्तर्गत बारा निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा क को क्षेत्रीय कार्यक्रम सम्पन्न भएकोछ ।

क्षेत्र नम्बर १ प्रदेश सभा क कि सभापति रामकुमारी गोलेको सभापतित्वमा सम्पन्न कार्यक्रमको उद्घाटन पुर्व स्वास्थ्य मंत्री, नेपालि कांग्रेसका केन्द्रिय सदस्य तथा बारा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उमाकान्त चौधरीले गर्नुभएकोथियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौधरीले आफ्नो क्षेत्रमा कांग्रेसलाई एकढिक्का बनाएर राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । चौधरीले पार्टी बलियो भएमा मात्रै विपक्षीलाई चुनौती दिन सक्ने भएकाले जस्तोसुकै अवस्थामा पनि पार्टीलाई एकढिक्का बनाउन सबै जुट्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कम्युनिष्ट सरकारको बिरोध गर्दै चौधरीले कांग्रेसले नेतृत्व पाए मात्रै देश समृद्धिको दिशातर्फ अघि बढ्ने दाबि गर्नुभयो । कार्यक्रममा नेपालि कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा निजगढ नगरपालिकाका नगर प्रमुख सुरेस कुमार खनालले पार्टी भित्रका जिम्मेवार पदाधिकारीहरुले कार्यकर्तामुखी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

नेता खनालले कांग्रेसबाट निर्वा्चित जनप्रतिनिधिहरुले जनतामाझ समान व्यवहार देखाउन सके आगामी निर्वाचनमा नेपालि कांग्रेस देशको पहिलो पार्टी हुने विश्वाश व्यक्त गर्नुभयो । तेस्तै बारा निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा क का नेपालि कांग्रेसका प्रत्यासी तथा महाधिवेशन प्रतिनिधि पेमासिद्धि लामाले व्यक्तिगत विचार भन्दा पार्टीको सिद्धान्त अनुसार अघि बढे कांग्रेस देशको बलियो पार्टी बन्नेमा कसैले रोक्न नसक्ने बताउनुभयो ।

लामाले पार्टी्भित्र व्यक्तिवाद हावी भएकाले कार्यकर्तामाझ पार्टीको सिद्धान्त र विधानसम्मत चल्ने कुशल नेतृत्वको खाचो रहेको औल्याउनुभयो । कार्यक्रममा केन्द्रिय प्रतिनिधि राजेन्द्र बहादुर अमात्य,नेपालि कांग्रेस संघीय निर्वाचन क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति तथा सिम्रौनागढ़ नगरपालिकाका प्रमुख बिजयशंखर यादव,नेपालि कांग्रेस बाराका कोषाध्यक्ष चन्द्रशेखर कुशवाहा,महाधिवेशन प्रतिनिधि शम्भु बहादुर बुढाथोकी,नेपालि कांग्रेस संघीय निर्वाचन क्षेत्र नम्बर १ ख का क्षेत्रीय सभापति तथा बारागढ़ी गाउपालिकाका अध्यक्ष देवदत्त बछार,नेपालि कांग्रेस बिरगंज महानगरपालिकाकी कार्यवाहक सभापति रुपा श्रेष्ठको आतिथ्यता रहेकोथियो ।

कार्यक्रममा स्वागत मन्तव्य नेपालि कांग्रेस निजगढका नगर सभापति महेशी कुमरले व्यक्त गर्नुभएकोथियो । नेपाल सांस्कृतिक संघ बाराका सभापति भाईकाजी श्रेष्ठले संचालन गर्नुभएको कार्यक्रमको व्यवस्थापन क्षेत्रीय सदस्य विष्णुगोपाल रिसालले गर्नुभएकोथियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*