आईसीसी टी–२० विश्वकप : युगाण्डाले पपुवा न्यूगिनीलाई तीन विकेटले हरायो

जनपत्र
२४ जेष्ठ २०८१, बिहीबार ११:१२

unn.prixa.net

काठमाण्डौ – आईसीसी टी–२० विश्वकपअन्तर्गत समूह ‘सी’ को खेलमा युगाण्डाले पपुवा न्यूगिनी (पीएनजी) लाई तीन विकेटले हराएको छ । पीएनजीले दिएको ७८ रनको लक्ष्य युगान्डाले  १८ ओभर दुई बलमा सात विकेट गुमाएर भेट्टायो ।

युगाण्डाका लागि रियाजत अली शाहले सर्वाधिक ३३ रन बनाए । पीएनजीका लागि अले नाओले दुई विकेट लिए । यस्तै नर्मन भानुआ, चाड सोपर र असद वालाले समान एक विकेट लिए ।

यसअघि अमेरिकाको प्रोभिडेन्स क्रिकेट मैदानमा पपुवा न्यूगिनी १९ ओभर एक बलमा ७७ रनमा अल आउट भयो । उसका लागि हिरि हिरिले १५ रन बनाए । यस्तै लेगा सियाका र किप्लिन डोरिगाले समान १२ रन बाहेक अन्य व्याटरले दोहोर अङ्क जोड्न सकेनन् । यो जितसँगै युगाण्डाले समूह तालिकामा दुई अङ्क जोडेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*