२१औं इमेज अवार्ड सम्पन्न, यी हुन् विजेता

इमेज च्यानलले विगत दुई दशकअघिबाट निरन्तररुपमा आयोजना गर्दै आएको नेपाली सांगीतिक जगत्को महाउत्सव टुबोर्ग इमेज अवार्डको २१औं संस्करण भव्यरुपमा सम्पन्न भएको छ । नेपाली गीत, संगीत क्षेत्रमा उत्कृष्ट स्रस्टालाई सम्मान गरिने सांगीतिक क्षेत्रको सबैभन्दा ठूलो यो उत्सवमा विभिन्न उत्कृष्ट स्रष्टा सम्मानित भएका छन् ।
यी हुन् अवार्ड विजेता
यस वर्षको सर्वोत्कृष्ट गायन पुरुषको अवार्ड ‘बाबाको टोपी’का गायक महेश सेवाले प्राप्त गरे भने ‘अब छाडेर जाने’ गीतकी गायिका अन्जु पन्तले सर्वोत्कृष्ट गायन महिलाको अवार्ड प्राप्त गरिन् ।
महेश काफ्ले र मेलिना राईको गीत ‘नाच फिरिरी’ वर्षको सर्वोत्कृष्ट गीत घोषित भयो ।
त्यसैगरी, वानिका प्रधानले ‘मायाको रंग’ गीतबाट सर्वोत्कष्ट गायन पप महिलाको अवार्ड हात पारिन् ।
‘गल्ती’ बोलको गीतमार्फत् विक्रम बराललाई सर्वोत्कृष्ट गायन पप पुरुषको अवार्ड प्रदान गरियो ।
त्यसैगरी, आशिष सचिन र मेलिना राईको ‘पिरिम नलाउनी’ बोलको गीतले टुबोर्ग ‘पब्लिक चोइस’को अवार्ड हात पार्यो ।
सर्वोत्कृष्ट गायन लोकगीततर्फको अवार्ड ‘खुर्सानी डल्ले’ गीतका गायक भीषण मुकारुङलाई प्रदान गरियो ।
‘गलबन्दी।।।’ गीतका प्रकाश सपुत र शान्ती श्री परियारले सर्वोत्कृष्ट गायन दोहोरीगीततर्फको अवार्ड पाउन सफल भए ।
सर्वोत्कृष्ट दोहोरीगीतको अवार्ड कुलेन्द्र विकको स्वरमा रहेको ‘सालको पात’लाई प्रदान गरियो ।
यस्तै, उत्कृष्ट गीत रचनातर्फको अवार्ड ‘तिम्रो हाल।।।’ गीतका रचनाकार वीरेन्द्र पाठकलाई प्रदान गरियो ।
सर्वोत्कृष्ट समूह वा युगल गायन अवार्ड ‘जलिरहे रातमा।।।’ बोलको गीतका लागि स्वरुपराज आचार्य र वानिका प्रधानलाई प्रदान गरियो ।
त्यसैगरी, रेडबुल सर्वोत्कृष्ट नवकलाकार अवार्ड ‘दिल खोलेर।।।’ बोलको गीतका गायक तारा तिवारी र सर्वोत्कृष्ट संगीततर्फको अवार्ड ‘यो मन।।।’ गीतका संगीतकार त्रिशला गुरुङ र रोहित शाक्यले प्राप्त गर्न सफल भए ।
सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशकमा ‘लुकिछिपी’ गीतका नविन चौहान घोषित भए ।
त्यसैगरी, सर्वोत्कृष्ट म्यूजिक भिडियो छायाँकारतर्फ ‘जाउँ हिँड।।।’ गीतका हरि हुमागाईं र सर्वोत्कृष्ट म्यूजिक भिडियो सम्पादकको अवार्ड ‘आँखाका जोर’ गीतका लोकेश ब्रजाचार्यले प्राप्त गर्न सफल भए ।
यस्तै, सर्वोत्कृष्ट म्यूजिक भिडियो विधामा आर्टमान्डु नेपालको गीत ‘लुकिछिपी’ सफल भयो ।
सर्वोत्कृष्ट चलचित्र गीततर्फको अवार्ड ‘दाल, भात तरकारी’ चलचित्रको ‘भिजिट भिसा’ बोलको गीतले प्राप्त गर्यो ।
त्यसैगरी, चलचित्र ‘बुलबुल’बाट स्वस्तिमा खड्का उत्कृष्ट अभिनेत्री घोषित भइन् भने उत्कृष्ट अभिनेताको अवार्ड चलचित्र ‘गोपी’बाट विपिन कार्कीले प्राप्त गरे ।
‘जात्रै जात्रा’ चलचित्रका निर्देशक प्रदीप भट्टराईलाई सर्वोत्कृष्ट चलचित्र निर्देशको अवार्ड प्रदान गरियो भने जात्रै जात्रा नै सर्वोत्कृष्ट चलचित्र बन्न सफल भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै इमेज ग्रुप अफ कम्पनीज्का अध्यक्ष आर।के मानन्धरले दर्शक, स्रोता र विशिष्ट व्यक्तित्वको सहयोग र विश्वासका कारण नै आफूहरु इमेज अवार्डको २१औं संस्करणसम्म आइपुग्न सफल भएको बताए ।
उनले गीत–संगीतमा लागेकाहरुकालाई इमेज च्यानलले प्रोत्साहन र हौसलाको बाटो कोरेको बताए ।
कार्यक्रममा कलाकारहरुले विभिन्न साँस्कृतिक प्रस्तुतिहरु दिएका थिए ।
कार्यक्रमको इमेज च्यानल, इमेज एफएम ९७।९ र इमेज न्यूज एफएम १०३।६ बाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।