एम्बाप्पेले गरे रियल मड्रिडसँग सम्झौता

जनपत्र
२१ जेष्ठ २०८१, सोमबार ११:२९

unn.prixa.net

फ्रान्सका स्टार स्ट्राइकर केलियन एम्बाप्पेले रियल मड्रिडसँग ‘फ्री ट्रान्सफरमा’ सम्झौता गरेका छन् । यही जुन ३० मा पिएसजीसँगको सम्झौता सकिएपछि १ जुलाईबाट खुल्ने ट्रान्सफर विन्डोमा उनी औपचारिक रूपमा क्लबमा अनुबन्ध हुनेछन् । एम्बाप्पेले क्लबसँग गएको  फेबु्रअरीमा नै अनुबन्ध हुने मौखिक सम्झौता गरेका थिए । उनले गएको  मे मा भने औपचारिक रूपमा सिजनको अन्तसँगै पिएसजी छोड्ने घोषणा गरेका थिए ।

२५ वर्षीय एमबाप्पे अब लालिगाको ट्रान्सफर विन्डो खुलेसँगै मड्रिड आउनेछन् । मड्रिडले सम्भवतः आउने हप्ता उनीसँगको सम्झौता सार्वजनिक गर्ने छ । युरोकप शुरु हुनुअघि उनलाई क्लबले औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी गरेको छ । एम्बाप्पेले पिएसजीमा कीर्तिमान २ सय ५६ गोल गरेका छन् ।

उनी २०१७ मा मोनाकोबाट पिएसजी पुगेका थिए । उनले रियलसँग २०२९ सम्मको सम्झौता गरेका छन् । उनले हरेक सिजन १५ मिलियन युरो प्राप्त गर्दा बोनस स्वरूप पाँच वर्षमा १ सय ५० मिलियन युरो पाउने छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*