एमाले मकवानपुरको निर्वाचनको मतगणना गरिदै

जनपत्र
२१ जेष्ठ २०८१, सोमबार ०६:३५

हेटौंडा । नेकपा एमाले मकवानपुरको १२औं अधिवेशन अन्तर्गत् हिजो भएको निर्वाचनको मतगणना आज हेटौंडाको हुप्राचौरमा रहेको पशुपती मन्दिरमा हुँदै छ । आज बिहान साढे ८ बजेबाट मतगणना सुरु गरिने भएको हो । एमाले मकवानपुरको पदाधिकारी तथा सदस्यहरुको मतगणना आजै राती सम्म सक्ने तयारी पनि गरिएको छ ।

एमालेको जिल्ला अध्यक्ष पदका लागि श्रीधर पोखरेल, इन्द्रमान स्याङ्तान, लालबहादुर थापा र देवराज रिमालको प्रतिस्पर्धा रहेको छ । आइतबार रघुनाथ खुलालले अध्यक्षबाट उम्मेदवारी फिर्ता लिएपछी चार जनाको प्रतिस्पर्धा भएको हो ।

श्रीधरलाई कृष्ण दाहालले समर्थन गरेका छन् । स्याङ्तानलाई पार्टी पोलिटब्युरो सदस्य तथा जिल्ला इञ्चार्ज देवी ज्ञवालीको उम्मेदवारका रुपमा हेरिएको छ ।।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*