बढी लिएको शुल्क फिर्ता गर्न चितवन मेडिकल कलेज सहमत

जनपत्र
५ आश्विन २०७६, आईतवार ०६:१८

चितवन मेडिकल कलेज तोकिएको भन्दा लिइएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न सहमत भएको छ । अवैधानिक शुल्क फिर्ताको माग राख्दै कलेजका विद्यार्थी १९ दिनदेखि आन्दोलित थिए । अवैधानिक शुल्क फिर्ता नलिएसम्म आन्दोलन फिर्ता नलिने विद्यार्थीहरुको अडानपछि कलेज पछि हट्न बाध्य भएको हो ।

शनिबार जिल्ला प्रशासनमा आन्दोलनकारी विद्यार्थी, कलेज प्रशासन र प्रशासनका प्रतिनिधिबीच शुल्क फिर्ता गर्ने र आन्दोलन स्थगित गर्ने सहमति भएको हो । बढी लिइएको शुल्क कलेज प्रशासनले आगामी १८ कात्तिकभित्र फिर्ता दिने भएको छ । नेपाल सरकारले तोके भन्दा बढी लिइएको रकम कलेज प्रशासनले फिर्ता गर्ने भएको छ ।

कलेजले स्नातक तहका विद्यार्थीहरुबाट सरकारले तोके भन्दा १३ लाखसम्म बढी लिने गरेको भन्दै विद्यार्थीहरु आन्दोलित थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*