अन्ततः विक्रम ल्यान्डरसँगको सम्पर्क प्रयास विफल

जनपत्र
५ आश्विन २०७६, आईतवार ०६:१६

भारतले चन्द्रमामा अवतरण गर्दा वेपत्ता भएको विक्रम ल्यान्डरसँगको सम्पर्क स्थापनाको प्रयास असफल भएको छ । दक्षिणी ध्रुवमा ढल्केको अवस्थामा रहेको भनिएको ल्यान्डर अब काम नलाग्न हुने भएको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा आजबाट रातको तापक्रम घटेर माइनस २०० डिग्रीसम्म झर्नेछ । उक्त तापक्रममा पनि टिक्ने गरी विक्रम ल्यान्डर निर्माण गरिएको छैन । जसका कारण यो तापक्रमले विक्रम ल्यान्डरलाई बिगार्न सक्छ ।

यसअघि विक्रम ल्यान्डरसँग सम्पर्क स्थापित गर्ने प्रयास हुँदै आएको थियो । ७ सेप्टेम्बरमा अवतरणको प्रयास हुँदा असफल भएको विक्रम ल्यान्डर दक्षिणी ध्रुवकै एक स्थानमा रहेको पत्ता लागेको थियो । यान कडा रुपमा अवतरण भएको र क्षति पुगे नपुगेको यकिन भएको थिएन । यसबारे वृस्तृत विवरण पत्ता लगाउन प्रयास भएको थियो । नासाको अर्बिटरको समेत सहयोग लिइएको थियो ।

सबै प्रयास विफल भएपछि विक्रम ल्यान्डरसँगको सम्पर्क प्रयास असफल भएको हो । तथापि चन्द्रयान(२ ले चन्द्रमालाई घुमेर तस्बिर खिच्नेछ । चन्द्रमाका बारे अध्ययन गर्न तस्बिर र तथ्यहरु पठाउनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*