उरुग्वेका स्ट्राइकर एडिन्सन काभानीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिए

जनपत्र
१८ जेष्ठ २०८१, शुक्रबार १३:५१

unn.prixa.net

काठमाण्डाै – उरुग्वेका स्ट्राइकर एडिन्सन काभानीले कोपा अमेरिका फुटबल शुरु हुनुभन्दा तीन हप्ताअघि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका छन् ।

विगत दुई दशकदेखि उरुग्वेमा रहेका ३७ वर्षीय काभानीलाई मुख्य प्रशिक्षक मार्सेलो बिल्साले अमेरिकामा जुन २० देखि शुरु हुने प्रतियोगिताका लागि छनोट गरेका थिए ।

उरुग्वेका लागि काभानीले १ सय ३६ खेलमा ५८ गोल गरेका छन् । काभानीले पेरिस सेन्ट जर्मेन (पीएसजी), नेपोली, म्यानचेस्टर युनाइटेड र भ्यालेन्सियाबाट पनि खेलेका थिए । उनले पछिल्ला चार विश्वकपमा खेलेका छन् । सन् २०२२ को विश्वकपको पहिलो चरणमा उरुग्वेले घानामाथि २–० को जित निकालेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*