एमालेको ‘राष्ट्रिय महिला भेला’ मा आज सात वटा विषयमा सामूहिक छलफल हुँदै

जनपत्र
१७ जेष्ठ २०८१, बिहीबार १३:१७

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आयोजना गरेको ‘राष्ट्रिय महिला भेला’ मा आज १२ वटा समूहले सात वटा विषयमा सामूहिक छलफल गर्दैछन् ।

एमाले केन्द्रीय सदस्य रचना खड्काकाअनुसार संविधानले गरेको महिला हकको व्यवस्था तथा कार्यन्वयनको अवस्था, पार्टी, संसद्, सरकार र कर्मचारीतन्त्रमा महिलाको सहभागिता लगायत विषयमा सामूहिक छलफल हुनेछ ।

भेलामा पार्टीका केन्द्रीय सदस्य, पार्टीका २३ वटै सङ्गठनका नेत्री, सङ्घ, प्रदेश, पालिकामा निर्वाचित महिला, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनबाट निर्वाचित पदाधिकारीसहित पाँच हजार जना सहभागी छन् ।

महिलाका नेतृत्व विकासलगायत समसामयिक प्रस्ताव समेटिएको घोषणापत्र जारी गरी यो भेला आजै सकिँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*