मकवानपुरको जुरीखेतमा कार दुर्घटनामा मृत्यु हुनेको सख्या ३ पुग्यो

जनपत्र
१७ जेष्ठ २०८१, बिहीबार ०५:५०

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–६, जुरिखेतमा कार दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

कार दुर्घटनामा परी गम्भीर घाइते मकवानपुरको मनहरी गाउँपालिका-८, बेलुवाका २६ वर्षीय अर्जुन नेपालीको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ममकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

बुधबार काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको बा ६ च ९३७९ नम्बरको कार आफैं अनियन्त्रित भई जुरिखेतमा दुर्घटना भएको हो । कार सडकबाट करिब २ सय ५० मिटर तल कार खस्दा २ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ३ जना गम्भीर घाइते भएका थिए। गम्भीर घाइते मध्ये नेपालीको मृत्यु भएका हो । घटनास्थलमै मृत्यु हुने ३ महिनाकी शिशु अर्जनुकै छोरी भएको प्रहरीले जनाएको छ।

मृतक एक पुरुषको सनाखत हुन सकेको छैन। दुर्घटनामा घाइते मकवानपुरको मनहरी गाउँपालिका ८ की २३ बर्षीया सरिता परियार र चितवनको राप्ती नगरपालिका(१, लोथरकी ३५ बर्षीया सानोकान्छी तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरूको हेटौँडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*