मकवानपुरको इन्द्रसरोबमा करेन्ट लागेर एक जनाको मृत्यु

जनपत्र
१६ जेष्ठ २०८१, बुधबार १९:२५

हेटौंडा – मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नं.५ बाघखोरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १३ बर्षीय रोहित रुम्बा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार दिउँसो बाघखोरस्थितमा रोड निर्माणको लागि खडा गरेको अमर कन्ट्रक्सनको बाघखोर क्रसरको ट्रान्समिटरको तारमा छुन जाँदा अचानक करेन्ट रुम्बाको मृत्यु भएको हो ।

उनी मानसिक सन्तुलन ठिक नभएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरीको टोली पुगेको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*