मकवानपुरमा कार दुर्घटनामा दुइ जनाको मृत्यु, तीन जना घाइते

जनपत्र
१६ जेष्ठ २०८१, बुधबार १९:१४

हेटौंडा / मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं.६ जुरीखेतमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा एक पुरुष र एक नाबालिक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार मृतकको पहिचान खुल्न भने बाँकी छ ।

भीमफेदी–कुलेखानी–काठमाण्डौ सडकखण्डमा काठमाण्डौबाट हेटौंडा तर्फ आउदै गरेको बा ६ च ९३७९ नम्बरको कार बुधबार दिउँसो आफै अनियन्त्रित भएर सडकबाट २५० मिटर तल खोल्सामा खसेर दुर्घटना हुँदा ५ जना गम्भीर घाइते भएका थिए ।

जसमा पुरुषको अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो भने नाबालिकाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै घाइते मध्ये एक महिलको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । घटनाको पुरा बिवरण भने आउँन बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*