चिनियाँ राष्ट्रपति २७ असोजमा नेपाल आउने !
राष्ट्रपति सी भारत–चीन अनौपचारिक सम्मेलनका लागि ११ अक्टोबरमा भारत जाने बताइएको छ । उनी भारत हुँदै नेपाल आउने बताइएको छ । भारतीय प्रधानमन्त्री मोदीसँगको अनौपचारिक सम्मेलनपछि सी नेपाल आउने छन् । सी १४ अक्टोेबर अर्थात २७ असोजमा नेपाल आउनेछन् र भोलिपल्ट बेइजिङ फर्कनेछन् ।
सीको भ्रमणका बेला काठमाडौं–केरुङ रेलमार्ग र मदनभण्डारी विश्वविद्यालय लगायत अन्य विषयमा सम्झौता हुनसक्ने बताइएको छ ।







