भीरमा गजबले सन्तुलन बनाएर हिँडे यी झारलहरू (भिडियो)

तिब्बतका भिराला पहाडहरूमा सन्तुलन मिलाएर हिँडिरहेका झारलहरूको भिडियो हेरेर दर्शकहरू तीनछक्क परेका छन् । उनीहरू अक्करे भीरमा पनि नलडिकन मज्जाले हिँडेको देखिन्छ । संरक्षण जीववैज्ञानिक इमोजिन क्यान्सलेरले ट्विटरमा यो भिडियो राखेका हुन् । भिडियो दश लाखपटकभन्दा बढी हेरिसकिएको छ ।
छक्क परेका एक प्रयोगकर्ताले यो स्पाइडरम्यानभन्दा हजार गुणा गजबको भएको बताए भने अन्यले झारललाई स्पाइडर शीप नाम दिए । झारलको समूह भीरबाट तल ओर्लिरहेको देखिन्छ । केही प्रयोगकर्ताले यो दृष्टिभ्रम हो कि समेत भने । झारल शिकारीहरूबाट बच्नका लागि अक्करे भीरमा पनि सजिलै चढ्न सक्छ । एजेन्सीको सहयोगमा