हेटौंडामा बसको ठक्करबाट एक जनाको मृत्यु

जनपत्र
१२ जेष्ठ २०८१, शनिबार ०६:१८

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ चुलेहिल अस्पताल नजिक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

आज बिहान ना ७ ख १६७५ नम्बरको यात्रुबाहक बसको ठक्करबाट नाम, ठेगाना नखुलेका ३५/४० बर्षको पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पैदलयात्रा गरिरहेका पुरुषको बसको ठक्करबाट मृत्यु भएको र बस भने अहिले पनि फरार रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*