हेटौंडामा गृहमन्त्री रवि लामिछानेको नेतृत्वमा प्रदेश स्तरिय सुरक्षा गोष्ठि सकियो, के–के भयो निर्णय ?

जनपत्र
९ जेष्ठ २०८१, बुधबार १७:४१

हेटौंडा । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नेतृत्वमा हेटौंडा भएको प्रदेश स्तरिय सुरक्षा गोष्ठि आज सकिएको छ । बागमती प्रदेशभरीका चार वटै सुरक्षा निकायहरु र प्रमुख जिल्ला अधिकारीहरु सहितको सुरक्षा गोष्ठि हेटौंडामा सकिएको हो।

बागमती प्रदेश स्तरको सुरक्षा गोष्ठिमा गृहमन्त्री लामिछाने, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठ, संघीय गृहसचिब एक नारायण अर्याल लगायतकाले चार वटै सुरक्षा निकायका प्रमुहरुलाई सुरक्षामा ध्यान दिन निर्देशन दिएका थिए । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा प्रदेश स्तरिय २ गोष्ठि हेटौंडामा भएको हो ।

प्रदेशको सुरक्षा समन्वय समिति बैठकमा सहभागी हुन चारवटै सुरक्षा निकायका प्रमुख र १३ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी हेटौंडामा भेला भएका छन् । हेटौंडा–२ स्थित होटल एभोकाडोमा हिजोबाट सुरु भएको प्रदेश स्तरिय गोष्ठि आज सकिएको हो ।

दुइ दिने गोष्ठिमा बागमती प्रदेशभरीका प्रमुख जिल्ला अधिकारीहरु, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसहित प्रदेश अन्तर्गत १३ वटै जिल्लाका सुरक्षा समितिका पदाधिकारी सहभागी भएका छन् । जिल्ला सुरक्षा समितिमा प्रमुख जिल्ला अधिकारी, प्रहरी, आर्मी, सशस्त्र, अनुसन्धानका प्रमुख एवं सहायक प्रमुख जिल्ला अधिकारी पदाधिकारी रहने व्यवस्था रहेको छ । प्रदेश समन्वय समितिको बैठक यसअघि ६ वटा प्रदेशमा सम्पन्न भइसकेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंले जानकारी दिनुभयो ।

बैठकमा विशेष गरी प्रदेशभरको शान्ति सुरक्षा, सेवा प्रवाहको अवस्था, विपद् नियन्त्रणका विषयमा छलफल हुने जनाइएको छ । ‘शान्ति सुरक्षा कायम गर्न समाजमा गरिएको नवीन कार्य, सुरक्षा थ्रेडको अवस्थालगायत विषयमा वैठकमा छलफल भएको छ ।

प्रदेश स्तरिय सुरक्षा गोष्ठिमा भएका निर्णयहरु यस्ता छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*