लोकप्रियता र ध्रुवीकरणमा बितेका मोदीका एक दशक

भारतमा जारी लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीले बहुमत ल्याएर नरेन्द्र मोदी प्रधानमन्त्री बनेमा लगातार तेस्रो कार्यकाल प्रधानमन्त्री बनेर कीर्तिमान बनाउने छन् । तेस्रो पटक प्रधानमन्त्री बनेर इतिहास कोर्ने लक्ष्य राखेका मोदी एक दशकमा कसरी भारतका प्रभावशाली नेता बन्न सफल भए त ?
अधिकांश मतदाता सन् २०१४ मा उनी प्रधानमन्त्री बनेयता धेरै सुधारका काम गरेकाले उनी प्रभावशाली बनेको मत राख्छन् । तर उनकै शासनकालमा विभिन्न क्षेत्रमा समस्याको सामना गरेका मतदाताले के यस निर्वाचनमा उनलाई समर्थन गर्लान् त ?
यस प्रश्नको उत्तर मतदाताहरुसँग खोजिएको छ । बनारसमा सारी बुन्ने शिव जोहरी पटेलले कसलाई मत दिने भन्ने मानसिकता बनाइसकेका छन् । उनी अनेक चिन्ता छ तर मतदाताका सवालमा उनी स्पस्ट छन् । ‘मोदीले निकै राम्रो काम गरेका छन् । गरिबहरुलाई सहायता मोदी सरकारले जति अरूले दिएकै थिएनन्’, उनले भने ।
पटेलका अनुसार उनका छोराले रोजगारी पाएका छैनन् । स्थानीय विचौलियाले संघीय सरकारबाट प्राप्त हुने कल्याणकारी सुविधामा घोटाला गर्दा आफूले कम रकम प्राप्त गर्दा समेत पटेलले चित्त बुझाएका छन् । ‘मैले कति सुविधा पाएँ वा पाइँन भन्ने कुराले कुनै अर्थ राख्दैन । म यसमा प्रस्ट छु म मोदीलाई मत दिन्छु’, उनले बीबीसीसँग भनेका छन् ।







