तीन दिन बन्द भएको भङ्गहा–जनकपुर–जयनगर रेल सेवा आजदेखि सञ्चालन

जनपत्र
८ जेष्ठ २०८१, मंगलवार १०:४५

काठमाण्डौ – भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आज बिहानदेखि नियमित भएको छ । भारतको बिहार राज्यको मधुबनी जिल्लाको मधुबनी संसदीय क्षेत्रमा लोकसभा चुनावका कारण गएको शनिवारदेखि हिजो सोमवारसम्म ७२ घण्टाका लागि रेल सेवा पूर्ण रुपमा बन्द गरिएको थियो ।

महोत्तरी र धनुषासँग सीमा जोडिएका भारतका मधुबनी र सीतामढीमा हिजो मतदान सम्पन्न भएपछि रेलसेवा नियमित सञ्चालन भएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*