अन्तर्राष्ट्रिय फौजदारी अदालतले सामूहिक हत्याको आरोप लगाउन नमिल्ने इजरायलका प्रधानमन्त्रीको तर्क

जनपत्र
८ जेष्ठ २०८१, मंगलवार १०:४४

unn.prixa.net

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले आफू र हमासका शीर्ष नेताहरूलाई पक्राउ पुर्जी जारी गर्न माग गरेकोमा आक्रोश व्यक्त गर्नुभएको छ । नेतन्याहुले लोकतान्त्रिक इजरायललाई सामूहिक हत्याराको रुपमा तुलना गरिएको भन्दै असन्तुष्टी व्यक्त गर्नुभएको बीबीसीले जनाएको छ ।

यसअघि आईसीसी प्रमुख अभियोजक करीम खानले इजरायली प्रधानमन्त्री नेतान्याहु र रक्षामन्त्री योभ गालान्टलाई गाजामा युद्ध अपराध गरेको आरोपमा पक्राउ पुर्जी माग गर्नुभएको थियो । हमासका राजनीतिक नेता इस्माइल हानियाह, यसका सैन्य प्रमुख मोहम्मद डेफलाई पनि पक्राउ गर्ने तयारी रहेको खबरमा उल्लेख छ ।

आईसीसीले  विभिन्न  प्रमाणको आधारमा इजरायलका प्रधानमन्त्री नेतान्याहु र रक्षामन्त्री योभ गालान्ट गाजामा भएका युद्ध अपराधका लागि जिम्मेवार रहेका दाबी गरेको छ । हेगमा रहेको आईसीसीले विगत तीन वर्षदेखि गाजामा इजरायलको कारबाही र हालै हमासको कारबाहीबारे अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*