जम्मू–कश्मीरको मुद्दामा चर्चा नगर्ने भारतद्धारा स्पष्ट

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू–कश्मीर मुद्दाबारे संयुक्त राष्ट्रसंघको महासभामा चर्चा नगर्ने स्पष्ट पारिएको छ ।भारतीय विदेश मन्त्रालयले जानकारी दिँदै राष्ट्रसंघको महासभामा विश्वको एक जिम्मेदार सदस्यको हैसियतले भारत विकास, शान्ति र सुरक्षामाथि केन्द्रीत रहेर संवोधन गर्ने बताएको छ ।
विदेश सचिव विजय गोखलेका अनुसार चर्चाका लागि आतंकवाद एक मुद्दा भए पनि केन्द्रविन्दू यो नभएको भारतले स्पष्ट पारेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्य देशको आशाका बारेमा सम्वोधनमा चर्चा गर्नेछन् । भारतले पहिले नै स्पष्ट पारिसकेको छ कि जम्मू–कश्मीरबाट धारा ३७० हटाउनु भारतको आन्तरिक मामिला हो । यसबारेमा अधिकांश देशले भारतलाई साथ दिएको भारतीय दावी छ । पाकिस्तानले भने संयुक्त राष्ट्र संघमा यो मुद्दा उठाउने बताइसकेको छ ।