बीवाईडी गाडी किन्दा ग्लोबल आईएमई बैंकबाट सहजै कर्जा पाइने

जनपत्र
६ जेष्ठ २०८१, आईतवार १६:३७

ग्लोबल आईएमई बैंक लिमिटेड र सिमेक्स इंक प्रालीबीच बीच सहज रूपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र सिमेक्स इंक प्रालीका तर्फबाट सेल्स तथा शाेरुम म्यानेजर सन्ध्या श्रेष्ठले हस्ताक्षर गर्नुभयाे ।

समझदारीअनुसार बैंकले सिमेक्स इंक प्राली तथा कम्पनीको आधिकारिक बिक्रेताले बिक्री गर्ने बीवाईडी ब्रान्डका विद्युतीय गाडी खरिद गर्न चाहनेले आवश्यक कागजात तथा विवरणसहित बैंकको शाखा कार्यालयमा निवेदन दिएपछि नियमअनुसार बैकले उचित ठहर्‍याएका ग्राहकलाई तीन दिनभित्र सहज रूपमा सवारी साधन कर्जा प्रवाह गर्नेछ ।

ग्रीन फाइनान्सिङ प्रवर्द्धन गर्न बैंकले व्यक्तिगत प्रयोजनका गाडीलाई न्यूनतम ब्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ । ग्राहककाे वर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजना ल्याउने गरेकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*