ज्याभीलाई बर्खास्त गर्ने बार्सिलोनाको तयारी

जनपत्र
५ जेष्ठ २०८१, शनिबार १६:०४

बार्सिलोनाले मुख्य प्रशिक्षक ज्याभीलाई बर्खास्त गर्ने तयारी गरेको छ । ४४ वर्षीय पूर्व खेलाडीले जनवरीमा सिजनको अन्त्यमा क्लब छाड्ने घोषणा गरेका थिए तर क्लबका अध्यक्ष जोन लापोर्टाले उनलाई क्लबमै बस्न मनाएका थिए ।

यद्यपि, हालैको पत्रकार सम्मेलनमा ज्याभीको टिप्पणीले क्लबको बोर्डलाई क्रोधित गरेको देखिन्छ । बोर्डले अब स्पेनका पूर्व मिडफिल्डरलाई हटाउने तयारी गरेको हो । उनको स्थानमा बार्सिलोना बी टिमका म्यानेजर राफेल मार्केजलाई जिम्मेवारी सुम्पिने चर्चा छ ।

अल्मेरियामा बिहीबारको खेलअघि, ज्याभीले प्रतिद्वन्द्वी रियल म्याड्रिड र युरोपका अन्य शीर्ष टोलीहरूसँग आर्थिक रूपमा प्रतिस्पर्धा गर्न गाह्रो हुने बताएका थिए । ‘मलाई लाग्छ बार्सिलोना प्रशंसकहरूले यो बुझ्नु आवश्यक छ कि परिस्थिति वास्तवमै गाह्रो छ, विशेष गरी आर्थिक रूपमा स्पेनमा रियल म्याड्रिड र युरोपमा अन्यसँग प्रतिस्पर्धा गर्न,’ उनले भने, ‘तर यसको मतलब यो होइन कि हामी प्रतिस्पर्धा गर्न र ट्रफीको लागि लड्न चाहँदैनौँ। यो समय हामीलाई स्थिरता र समय चाहिन्छ।’

रियलले यस अवधिमा ला लिगाको उपाधि जितेको छ भने च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । क्लबले अर्को सिजन पेरिस सेन्ट जर्मेनबाट फ्रान्सका स्ट्राइकर केलियन एमबाप्पेलाई अनुबन्ध गर्नेछ। दुई खेल बाँकी रहँदा बार्सिलोना लिगमा रियल मड्रिडभन्दा १४ अंकले पछि छ ।

ज्याभीले नोभेम्बर २०२१ मा कतारी क्लब अल साद छोडेर बार्साको जिम्मेवारी सम्हालेका थिए । २०२२(२३ मा आफ्नो पहिलो पूर्ण सिजनमा बार्सालाई स्पेनिस ला लिगाको उपाधि दिलाएका थिए। तर पीएसजीसँग पराजित भएपछि स्पेनिस महारथि यस सिजन च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिएको थियो ।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*