आईपीएल क्रिकेटमा आज राजस्थान र पञ्जाब खेल्दै

जनपत्र
२ जेष्ठ २०८१, बुधबार १०:५०

unn.prixa.net

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज राजस्थान रोयल्स र पञ्जाब किंग्स खेल्दैछन् । गुवाहटीमा यो खेल नेपाली समयअनुसार राति पौने ८ बजे शुरु हुनेछ । राजस्थान १२ खेलमा १६ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ । आजको खेल जितेमा राजस्थान प्लेअफमा पुग्नेछ । राजस्थान आईपीएल पहिलो सिजनको विजेता तथा सन् २०२२ को उपविजेता टोली हो ।

पञ्जाव किंग्स तालिकाको पुछारमा छ । पञ्जाबको १२ खेलमा ८ अङ्क मात्रै छ । पञ्जाब यो सिजन प्लेअफको दौडबाट बाहिरीसकेको छ । पञ्जाब सन् २०१४ मा उपविजेता बनेको थियो । यो नै उसको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*