विमानमा अपान वायु (पाद) रोक्नका लागि कानून ल्याउन सांसदको माग

जनपत्र
२ आश्विन २०७६, बिहीबार ०६:१२

केन्याली सांसद लिलियन आचिएङ गोगोले विमानहरूमा यात्रुले पाद्ने समस्या रोक्नका लागि कानून ल्याउनुपर्ने माग गरेकी छन् । पादका कारण उडानमा असहजता र असुरक्षा समेत बढेको उनको विश्वास छ । विमानमा हुने कसूर रोक्नका लागि कानून संशोधनको विषय संसदमा बहस भइरहेको बेलामा गोगोले धारणा राखेकी हुन् ।

अघिल्लो महिना मात्र केन्याको होमा बे काउन्टी सभामा एक विधायकले सहकर्मीलाई पादेर हावा बिगारेको आरोप लगाएपछि झगडा भएको थियो । पश्चिमी केन्याको रांग्वे निर्वाचन क्षेत्रकी सांसद गोगोले भनिन्, ‘विमानमा पादको समस्या ठूलो छ र यसलाई प्रायः बेवास्ता गर्ने गरिन्छ । यसलाई व्यवस्थापन गरिएन भने उडानका क्रममा असहजता र असुरक्षा आउँछ ।’

उनले पाद रोक्ने औषधिहरू यात्रुहरूलाई दिनुपर्ने सुझाव दिइन् । पाद छोड्दाखेरी विमानको वातावरण बिग्रने र यात्रुहरू एकअर्कासँग झगडा गर्न तम्सिने सम्भावना रहने उनको भनाइ छ । केही यात्रीले उडानका क्रममा अत्यधिक रक्सी पिउने गरेको पनि समस्याका रूपमा रहेको उनको भनाइ छ ।

एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*