दिनदिनै पानीमा पौडिँदै विद्यालय जान्छिन् यी शिक्षिका

भारतको उडिसामा ४९ वर्षीया शिक्षिका विनोदिनी सामल गलासम्म आउने पानीमा हेलिएर पढाउन विद्यालय जाने गरेकी छन् ।विनोदिनी दिनदिनै पानीमा भिजेर जाने गर्दा कैयौंपटक बिरामी परेकी छन् । तर उनले कहिले पनि छुट्टी लिइनन् ।
सापुआ नदीमा वर्षाको बेलामा पानी बढ्छ । नदी तर्नका लागि पुल छैन । वर्षौंअघि ४० मिटरको पुल बनाउने कुरा गरिएपनि अहिलेसम्म बनेको छैन । विनोदिनीले जम्मा ७ हजार भारु तलब पाउने गरेकी छन् । उनी विगत ११ वर्षदेखि यसरी नै दुःख गरेर पढ्न जाने गरेकी छन् ।
मिडियासँग कुरा गर्दै विनोदिनीले एक जोडी कपडा विद्यालयको आल्मारीमा राख्ने गरेको बताइन् । नदी तरेर गएपछि उनी कपडा फेर्ने गर्छिन् । नदी तर्ने क्रममा महंगा सामान उनी प्लास्टिकको थैलीमा रािख्छन् र तैरिँदै चाँडचाँडो नदी पार गर्छिन् ।
एजेन्सीको सहयोगमा