चितवनमा साहसिक खेल ‘जिपलाइन’ को सुरुवात

जनपत्र
२ आश्विन २०७६, बिहीबार ०६:०३

चितवनको जलदेवी सामुदायिक वनमा साहसिक खेल ‘जिपलाइन सञ्चालनमा आएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनको लागि सामुदायिक वनले पर्यटकलाई आकर्षित गर्न ‘जिपलाइन’को सुरु गरेको हो ।

प्रदेश ३ का पर्यटन मन्त्री अरुण नेपालले एक कार्यक्रमका बीच ‘जिपलाइन’को उद्घाटन गरेसँगै सर्वसाधारणको लागि खुला भएको छ । भ्रमण वर्षलाई लक्षित गर्दै सामुदायिक वनले पर्यटक भित्र्याउन सहयोग पुग्ने उद्देश्यले ‘जिपलाइन’ सञ्चालनमा ल्याएको जलदेवी सामुदायिक वनका अध्यक्ष केशवबहादुर थापाले बताउनुभयो ।

यो खेल चितवनको लागि नयाँ भएको र पर्यटनमा काम गर्दै आएको सामुदायिक वनले ‘जिपलाइन’ सञ्चालनमा ल्याएपछि चितवन आउने पर्यटकहरुको बसाइ लम्बिनेमा पर्यटन व्यवसायी ढुक्क देखिन्छन् । सामुदायिक वनको ५१ प्रतिशत र निजी क्षेत्रको ४९ प्रतिशत लगानीमा ‘जिपलाइन’ निर्माणको काम भएको बताउँदै अध्यक्ष थापाले ‘जिपलाइन’बाट आउने कुल नाफा बापतको १० प्रतिशत रकम वनले नै प्रयोग गर्ने जानकारी दिनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*