अझै केही दिन फरक बैंकको एटीएम कार्ड नचल्ने : पीओएस मेसिनबाट भने भुक्तानी सुरु

जनपत्र
२ आश्विन २०७६, बिहीबार ०५:५१

एउटा बैंकको एटीएम कार्ड अर्को बैंकको एटीएम बुथमा अझै केही दिन नचल्ने भएको छ । गएको भदौ १४ गते चिनियाँ ह्याकरले काठमाण्डौको दरबारमार्गका विभिन्न एटीएम बुथमा पसेर प्रणाली नै ह्याक गरेर रकम निकालेपछि धेरै बैंकले आफ्नो कार्ड मात्रै एटीएममा चल्ने बनाएका थिए ।

विशेषगरी नेपाल इलेक्ट्रिोनिक्स पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्समा आबद्ध बैंकका नेपाल र भारतमा गरी ३ करोड रुपैँयाभन्दा धेरै रकम चोरी भएको थियो । त्यसपछि नेप्सले सम्बन्धित बैंक तथा वित्तीय संस्था बाहेक अरु बैंकको कार्डमार्फत भुक्तानी नदिने जनाएको थियो ।

फरक बैंकको कार्ड अझै केही दिन नचल्ने नेप्सले जनाएको छ । तर प्वाइन्ट अफ सेल मेसिनबाट भने चिप भएका जुनसुकै बैंकका कार्ड प्रयोग गर्न खुला गरिएको नेप्सले जनाएको छ । फरक बैंकको भए पनि चिप्स भएका भिसा कार्डले पीओएस मेसिनमार्फत भुक्तानी गर्न सकिने नेप्सले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*