सुनको भाउ तोलामा आठ सय रुपैयाँले बढ्यो

जनपत्र
२५ बैशाख २०८१, मंगलवार १२:३३

काठमाण्डौ – सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेको छ । भाउ बढेर सुन आज तोलाको एक लाख ३६ हजार चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुन हिजो तोलामा एक लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदीको भाउ तोलामा एक हजार छ सय ७५ रुपैयाँ कायम भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*