साउदी तेल प्रशोधन केन्द्रमा हमला : अमेरिकाले जमिनमुनी तेल यसकारण लुकाउँछ

जनपत्र
१ आश्विन २०७६, बुधबार ०७:१८

साउदी अरेबियाका प्रमुख तेल प्रशोधन केन्द्रमा भएका हमलापछि अमेरिकी अधिकारीहरूले आफ्नो देशभित्र आपत्‌कालीन अवस्थामा प्रयोग गर्न भनि भण्डार गरिएका विशाल तेलको भण्डारणलाई प्रयोगमा ल्याउनुपर्ने बताइरहेका छन्।

तेलको मूल्य बढ्दै जाँदा राष्ट्रपति डोनल्ड ट्रम्पले बजारमा पर्याप्त आपूर्ति सुनिश्चित गर्न उक्त तेललाई प्रयोगमा ल्याउन सकिने बताए। राष्ट्रपति ट्रम्पले उल्लेख गरेको तेलको परिमाण ६४ करोड ब्यारल छ र त्यो टेक्सस र लुइजियाना राज्यको मुन्तिर अवस्थित नुनिला विशाल गुफाहरूमा भण्डारण गरिएको छ। यी रणनीतिक भण्डारहरूमा इन्धन राख्ने अवधारणा सन् १९७० को दशकमा आएको हो।

अन्तराष्ट्रिय उर्जा केन्द्रका सबै सदस्य राष्ट्रहरूले ९० दिनसम्म पुग्ने परिमाणको पेट्रोलियम पदार्थको आयातलाई भण्डारण गर्न सक्छन् तर अमेरिकी तेल भण्डार विश्वको सबैभन्दा ठूलो आपत्‌कालीन इन्धन भण्डार हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*