‘कबड्डी कबड्डी कबड्डी’ लाई ‘छक्का पञ्जा ३’ भन्दा धेरै सोज

यस वर्षको बहुप्रतिक्षीत फिल्ममध्ये एक ‘कबड्डी कबड्डी कबड्डी’ को एडभान्स बुकिङ खुल्ला गरिएको छ । शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यो फिल्मलाई नेपालको सबैभन्दा बढी चेन भएको क्यूएफएक्स सिनेमाज्ले सर्वाधिक सोज बाँडेको छ । काठमाडौंको पाँच स्टेशनमा फिल्मलाई ३७ शो दिइएको छ । यसअघि कुनै नेपाली फिल्मले यो संख्यामा सोज पाएका थिएनन् ।
यसअघि क्यूएफएक्स चेनमा सर्वाधिक सोज फिल्म ‘छक्का पञ्जा ३’ ले पाएको थियो, जसले ३१ सोजमा प्रदर्शन सुरु गरेको थियो । त्यस्तै, ‘कबड्डी कबड्डी कबड्डी’ लाई क्यूएफएक्सले मोफसलको आफ्नो चार स्टेशनमा २७ सोज बाँडेको छ । फिल्मको व्यापारिक हिसाबमा मुख्य कारक मानिएको क्यूएफएक्स चेनले फिल्मलाई आफ्नो देशभरका ९ वटा हलमा कूल ६४ सोज दिएको छ ।
फिल्मप्रति दर्शकको उत्साहपुर्ण क्रेजलाई मध्यनजर गर्दै क्यूएफएक्सले मंगलबारबाटै एडभान्स बुकिङ ओपन गरेको हो । बुकिङ खुलेसँगै दर्शकले आफ्नो सिट ‘रिजर्भ’ गर्न थालिसकेका छन् । अन्य मल्टीप्लेक्सहरुले भने फिल्मलाई भोली दिउँसो सोज बाँड्नेछन् । क्यूएफएक्सले बाँडेको सोज हेर्दा ‘कबड्डी कबड्डी कबड्डी’ ले बक्सअफिसमा बम्पर ओपनिङ गर्ने अनुमान गर्न सकिन्छ ।