गाजामा जारी युद्धको विरोधमा अमेरिकामा भइरहेको प्रदर्शन हिंसात्मक

जनपत्र
२० बैशाख २०८१, बिहीबार ११:३५

unn.prixa.net

अमेरिकामा रहेको कोलम्बिया युनिभर्सिटीमा हिंसात्मक झडप हुँदा धेरै व्यक्ति घाइते भएका र ३० जनाभन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ । विश्वविद्यालयले विज्ञप्ति निकालेर त्यहाँ दैनिक रुपमा भईरहेको प्रदर्शन हिंसात्मक हुन थालेको र विद्यार्थी तथा अरु नागरिकले असुरक्षा महसुस गर्दै डरमा बाँच्न बाध्य भएका जनाएको छ । उपकुलपति जीन ब्लकले घटनाबारे प्रतिक्रिया दिँदै विश्वविद्यालयमा कसैले हिंसाको सामना गर्न नहुने बताउनुभएको बीबीसीले जनाएको छ ।

गाजामा जारी युद्धको विरोधमा अमेरिकाका धेरै विश्वविद्यालय र क्याम्पसहरूमा प्रदर्शन भइरहेको छ । आन्दोलनरत विद्यार्थीहरूले इजरायलसँगको आर्थिक सम्बन्ध अन्त्य गर्न पनि माग गरिरहेका छन् । यसअघि प्रहरीले कोलम्बिया युनिभर्सिटी र द सिटी युनिभर्सिटी अफ न्यूयोर्कमा ३ सय जना  प्रदर्शनकारीलाई पक्राउ गरेको थियो ।

यसैबीच, न्युयोर्कका मेयर एरिक एडम्सले विश्वविद्यालयभित्र प्यालेस्टाइनको समर्थनमा शान्तिपूर्ण प्रदर्शन भैरहेकोमा घुसपैठ भएर हिंसात्मक हुन थालेको बताउनुभएको छ । शहरका अरु अधिकारीले पनि मेयरको अभिव्यक्तिलाई समर्थन गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*