कोरियामा एक महिनादेखि अलपत्र परेका ५ नेपाली स्वदेश फर्किए

जनपत्र
३१ भाद्र २०७६, मंगलवार ०६:२०

दक्षिण कोरियाको इन्छन विमानस्थलमा एक महिनादेखि अलपत्र परेका ५ नेपाली स्वदेश फिर्ता भएका छन्। सुर्खेतको पञ्चपुरी नगरपालिका र कोरियाको पोछन नगरपालिकाबीच भएको सहमतिअनुसार त्यहाँ पुगेका नेपाली अलपत्र परेका थिए। गत अगष्ट १२ मा कलकत्ता विमानस्थलबाट कोरिया उडेका उनीहरु कोरिया प्रवेश गर्नु अगावै भिसा रद्द भएपछि इन्छन विमानस्थलमा अलपत्र परेका थिए।

उनीहरुले मौसमी कामदारको रुपमा पोछन नगरपालिकाले सम्झौता गराएर आफूहरूलाई ल्याईएपनि बिनासूचना भिसा रद्द गरिएको भन्दै कोरियामा नै काममा लगाउन माग गरेका थिए। लामो समयसम्म विमानस्थलमै बसेका उनीहरुलाई शनिबार यहाँको नगरपालिकाले नेपाल फर्किने टिकट उपलब्ध गराएर फिर्ता गराएको बताइएको छ।

उनीहरुले यहाँको नगरपालिकासँग भिसा रिन्यू गराउन असंभव भए नेपालबाट पुनस् कोरिया आउन पाउने गरी सम्झौता गराइदिन माग गरेका थिए। तर नगरपालिकाले अस्विकार गरेको थियो। नगरपालिकाले नेपाल फर्कने टिकटको शुल्क दिने बाहेक अन्य कुनैपनि सहयोग गर्न नसकिने बताएपछि उनीहरु नेपाल फिर्ता भएका हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*