फिल्म पढाउन खुल्यो नयाँ क्याम्पस
फिल्मका बिभिन्न बिषयमा अध्यापन गराउन नयाँ क्याम्पस शुरु भएको छ । काठमाण्डौको मध्यबानेश्वरमा त्रिभुवन विश्व विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी ‘नेपाल फिल्म क्याम्पस’ सञ्चालनमा आएको हो । यो क्याम्पसमा चार बर्षे स्नातक अध्यापन हुने प्रिन्सिपल शिशिर उप्रेतीले बताए । आईतबार पत्रकार भेटघाट गर्दै क्याम्पसले चलचित्र अध्ययनका लागि भर्ना सुरु गरेको र नेपाली मात्र नभएर दक्षिण भारतीय तथा अन्य देशका विद्यार्थीहरुलाई समेत लक्षित गरेर क्याम्पस सञ्चालनमा ल्याएको बताईयो ।
उक्त क्यापम्समा फिल्म लेखन, निर्देशन, दृष्य सम्पादन, छायांकन, अभिनय तथा ध्वनी सम्बन्धी पाँच विषयमा अध्यापन हुने बताईएको छ ।