‘प्रेमगीत ३’ का लागि प्रदीपले बनाए यस्तो ज्यान

जनपत्र
३० भाद्र २०७६, सोमबार ०६:०२

अहिलेका सर्वाधिक डिमान्डेड र महँगा अभिनेता हुन्, प्रदीप खड्का । उनी अभिनीत फिल्म ‘प्रेमगीत २’ बाहेक कुनै फिल्म बक्सअफिसमा सफल छैनन् । तर, त्यसको असर उनको ‘ब्रान्ड भ्यालू’ मा परेको छ । पछिल्लो रिलिज फिल्म ‘लभ स्टेशन’ ले आफ्नो फ्लप श्रृंखलामा पूर्णविराम लगाउनेमा उनी विश्वस्त थिए । तर, एक टर्कीस फिल्मको कथा हुबहु चोरिएको प्रमाणित भएपछि फिल्मले हलमा पानी भन्न पाएन ।

यो फिल्मको असफलताले हच्किएका उनी अहिले आफूलाई ‘स्टार’ बनाएको सिरिज ‘प्रेमगीत’ को तेस्रो श्रृंखलाको तयारीमा छन् । फिल्मको छायांकन दशैंपछि सुरु हुँदैछ । भने, आउँदो चैत २८ मा देशव्यापी प्रदर्शनमा आउँदैछ । फिल्ममा उनी तेस्रो पटक ‘प्रेम’ को भूमिकामा देखिँदैछन् । यो फिल्ममा उनको जोडी नव(अभिनेत्री क्रिस्टिना गुरुङसँग बाँधिएको छ । यस फिल्मको निर्देशन सन्तोष सेन र छेतेन गुरुङले मिलेर गर्दैछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*