राष्ट्रिय बाल दिवसका अवसरमा हेटौंडामा बिबिध कार्यक्रम
हेटौंडा । मकवानपुरको हेटौंडामा आज राष्ट्रिय वाल दिवसका अवसरमा बिबिध कार्यक्रम गरिएको छ । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा हेटौंडाको पल्पसा हलमा बिबिध कार्यक्रम संगै मुल समारोहको कार्यक्रम पनि गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले हेटौंडालाई बालश्रम मुक्त नगर घोषणा गरेर कार्यान्वयन गरिएको वताउनुभयो । बालबालिकाको क्षेत्रमा आफुहरु सहयोग गर्नका लागि तयार रहेको वताउँदै मेयर महतले भन्नुभयो–‘बालबालिका भोलीका कर्णधार हुन् । भोलीका राष्ट्रपति देखि सरकारको नेतृत्व पनि अहिलेका बालबालिकाले गर्छन । त्यसैले उनीहरुका निम्ती स्थानीय सरकार सहयोग गर्न तयार रहेको छ ।’ हेटौंडाका सबै सामुदायिक बिद्यालयमा सेनेटरी प्याड बितरण गर्दै आएको उहाँले वताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवापनुरका उपप्रमुख भगवती पुणासैनीले बालबालिकाको लागि सबैले उनीहरुको क्षमता बृद्धीका लागि काम गरिनुपर्ने वताउनुभयो । हेटौंडा उपमहाँनगरपालिकाका उपप्रमुख मिना कुमारी लामाले असहाय बालबालिकाका लागि आफुहरु सहयोग गर्न तयार रहेको वताउनुभयो ।

आजको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका सहित बिभीन्न गैरसरकारी संघ संस्थाहरुले सहयोग गरेका थिए । उपमहानगरपालिकाले हेटौडाको मामाघर नेपालका बालबालिकाहरु र एचआईभी संक्रमित बालबालिकाहरुका लागि व्याग र कापी कलम सहयोग गरेको छ । यसैगरी हेटौंडामा बाल दिवसका अवसरमा भएको अतिरिक्त कृयाकलापमा उत्कृष्ट बालबालिकाहरुका लागि पुरस्कृत पनि गरिएको थियो ।

उपमहानगरपालिकाका शिक्षा संयोजक हेटौंडा १८ का वडा अध्यक्ष अनिल बाँनियाँको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवापनुरका अध्यक्ष हरि हुमागाई, मानब अधिकार तथा मानव बेचबिखन बिरुद्धको सञ्जाल मकवानपुरका संयोजक आरती पाठक, राष्ट्रिय परिक्षा बोर्ड हेटौंडाका प्रमुख कृष्ण प्रसाद घिमिरे, उपमहानगरपालिका महिला तथा बालबालिका महाँसाखाका प्रमुख बिष्णु कुमारी लामिछाने, प्याप्सन मकवानपुरका उपाध्यक्ष बिनोद सुवेदी, नगर वालक्लब सञ्जाल हेटौंडाका एलिसा खड्का लगायतकाले मन्तब्य व्यक्त गर्नुभएको थियो








