कतारी राजाको नेपाल भ्रमणमा हुने छैन श्रम सम्झौता पुनरावलोकन

जनपत्र
१० बैशाख २०८१, सोमबार १८:३०

काठमाडौं । कतारी राजा (अमिर) तमिम बिन हमाद अल थानीको नेपाल भ्रमण क्रममा श्रम सम्झौता पुनरावलोकन गर्ने नेपालको प्रयास सफल नहुने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उच्च अधिकारीहरूका अनुसार श्रम सम्झौताका कतिपय विषयमा थप छलफल गरी टुंगोमा पुग्नुपर्ने भएसँगै यसपालि श्रम सम्झौता पुनरावलोकन नहुने भएको हो ।

नेपाल कतारमा सबैभन्दा धेरै श्रमिक आपूर्ति गर्ने देशमध्ये एक हो । मंगलबार नेपाल भ्रमणमा आउने अमिरको भ्रमण सिलसिलामा श्रम मन्त्रालयसँग कुनै सम्झौता हुने सम्भावना कम रहेको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए ।

‘हाम्रो चासो श्रम सम्झौता पुनरावलोकनमै हो,’ ती अधिकारीले अनलाइनखबरसँग भने, ‘तर, थप र बृहत् छलफल गर्नुपर्ने भएकाले यसपटक यो टुंगिने सम्भावना रहेन ।’

नेपालका तर्फबाट भने श्रम सम्झौता पुनरावलोकन छिटो टुंग्याउन पहल भइरहेको थियो । अघिल्लो साता श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोरप्रसाद अर्यालले नेपालका लागि कतारका राजदूत मिसाल बि मोहम्मद अली अल अन्सारीसँगको भेटमा द्विपक्षीय श्रम सम्झौता पुनरावलोकनको विषय उठाएका थिए ।

कतार र नेपालबीच सन् २००५ मा श्रम सम्झौता भएको थियो । यसलाई समय सापेक्ष बनाउनुपर्ने भन्दै नेपालले प्रयास गरेको भए पनि सफल हुन सकेको छैन ।

‘राष्ट्र प्रमुखको ऐतिहासिक भ्रमणमा सम्झौता पुनरावलोकन गर्न पाएको भए राम्रो हुने थियो,’ ती अधिकारीले भने, ‘तर, यो भ्रमणमा पुनरावलोकन हुने सम्भावना कम भयो ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*