मालदिभ्सको संसदमा भारत विरोधी राष्ट्रपति मुइज्जुको बहुमत

जनपत्र
१० बैशाख २०८१, सोमबार १२:२३

काठमाडौं । मालदिभ्समा ‘भारत छोड’ अभियान चलाएर चर्चामा आएका राष्ट्रपति मोहम्मद मुइज्जुको पार्टी पिपुल्स नेशनल कांग्रेस (पीएनसी)ले संसदमा भारी बहुमत हासिल गरेको छ ।

आइतबार ९३ सिटका लागि मतदान भएको थियो । तीमध्ये मुइज्जुको पार्टीले ६६ सिटमा जित हासिल गरेको मालदिभ्सको चुनाव आयोगले जनाएको छ । यसैगरी पूर्वराष्ट्रपति मोहम्मद सोलिहको पार्टी माल्दिभियन डेमोक्र्याटिक पार्टी (एमडीपी)ले १२ र स्वतन्त्र उम्मेदवारहरुले १० सिट जितेका छन् ।

गत वर्ष सेप्टेम्बरमा भारत निकट मानिने मोहमम्द सोलिहलाई हराएर चीन निकट मानिने मुइज्जु राष्ट्रपति बनेका थिए । तर संसदमा भने सोलिहकै मालदिभियन डेमोक्रेटिक पार्टीको बहुमत थियो ।

चुनाव आयोगका अनुसार आइतबार स्थानीय समय अनुसार साँझ पाँच बजेसम्म करिब दुई लाख जनाले मतदानमा भाग लिएका थिए । ७२.९६ प्रतिशत मत खसेको आयोगले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*