ग्रामीण चलचित्र महोत्सवमा दयाहाङ र स्वस्तिमा उत्कृष्ट

जनपत्र
१० बैशाख २०८१, सोमबार ०६:२७

नेपाल ग्रामीण चलचित्र महोत्सव (नेरुफ)को तेस्रो संस्करण सम्पन्न भएको छ । यही बैशाख ६ गतेदेखि ८ गतेसम्म रामेछाप जिल्लामा आयोजना भएको महोत्सवमा फिल्म प्रदर्शनपछि १६ विधामा अवार्ड प्रदान गरियो । लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’ले उत्कृष्ट फिल्मसहित पटकथा र अभिनेत्री (जुरी मेन्सन अवार्ड) गरी तीन विधामा अवार्ड जितेको छ । उत्कृष्ट निर्देशकको अवार्ड ‘दिमाग खराब’बाट निश्चल बस्नेतले प्राप्त गर्दा ‘नाङ्गो गाउँ’बाट दयाहाङ राईले उत्कृष्ट अभिनेता र ‘दिमाग खराब’बाट स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्न सफल भए ।

यसैगरी, ‘नाङ्गो गाउँ’ले उत्कृष्ट सम्पादन (बनिश शाह) र ‘दिमाग खराब’ले उत्कृष्ट कलरिस्ट (राजेन्द्र मोक्तान)को अवार्ड जित्दा ‘विच्छेद’ले जुरी मेन्सन अवार्डसहित उत्कृष्ट छायाँकार (संकल्प भुजेल)को अवार्ड प्राप्त गर्‍यो । सिनेमा आर्ट्सलाई भने उत्कृष्ट फिल्म निर्माण कम्पनीको अवार्ड प्रदान गरियो ।

त्यस्तै, सर्ट फिल्मको विधामा परिच्छेद सेन निर्देशित ‘मदर’, भाषिक फिल्मतर्फ बुद्दिया एस मगर निर्देशित मगर भाषाको ‘माराङ’, म्यूजिकल सर्ट फिल्मतर्फ ‘अन्तै माया’बाट रणधीर श्रेष्ठ, सर्ट फिल्मतर्फ जुरी मेन्सन अवार्ड ‘रित्तो गाउँ’बाट रामजी ज्ञवाली र डकुमेन्ट्रीतर्फ ‘द आइरन डिगर’बाट निर्देशक अनिल बुढा मगरले अवार्ड जितेका छन् ।

 

niruff

सेलिब्रेटी नेपालको आयोजना भएको महोत्सवमा चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष एवं निर्देशक दयाराम दाहाल, अभिनेता मुकुन भुसाल, निर्देशक तथा लेखक लक्ष्मण सुवेदी, निर्देशक तथा महोत्सव संयोजक कमल एक्चै मगर, निर्माता रौनक विक्रम कँडेललगायतको उपस्थिति रहेको थियो । महोत्सव अवधिभर २ हजारभन्दा बढी स्थानियको सहभागिता रहेको सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*